ad ad

प्रविधि


ट्वीटर र फेसबुकको कारवाहीमा परे अमेरिकी राष्ट्रपति ट्रम्प

ट्वीटर र फेसबुकको कारवाहीमा परे अमेरिकी राष्ट्रपति ट्रम्प

नेपालखबर
जेठ २४, २०७७ शनिबार ६:१३,

ट्रम्पले शुक्रबार जोर्ज फ्लोएडको सम्झनामा बनाइएको भिडियो ट्वीटर र फेसबुकमा अपलोड गरेका थिए।

तर भिडियोमा कपिराइटको आरोप लागेपछि फेसबुक र ट्वीटरले उक्त भिडियो ट्रम्पको अकाउन्ट बाट हटाइदिएको रोयटर्सले जनाएको छ।

विभिन्न स्थानका तस्बिरहरु जोडेर भिडियो बनाइएको थियो। रोयटर्सका अनुसार भिडियोमा ट्रम्पले जोर्ज फ्लोइडका बारेमा बोलेका थिए।

तर विभिन्न तस्बिरहरु अनुमति बिनै अनाधिकृत रुपमा प्रयोग गरिएको भनेर उक्त सामग्रीमा कपिराइट लागेको थियो।

अफ्रिकी मुलका अमेरिकी नागरिक जोर्ज फ्लोएड गत महिना मिनिसोटाको मिनियापोलिसमा प्रहरीको नियन्त्रणमै रहेका क्रममा मारिएका थिए।

प्रहरीले झन्डै ९ मिनेट हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले थिचेका थिए। त्यसको केहीबेरमै फ्लोएडको मृत्यु भएपछि यतिबेला अमेरिकाभर रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .