ad ad

समाज


कोरोनालाई जिते कर्णालीका ७ जनाले

कोरोनालाई जिते कर्णालीका ७ जनाले

नेपालखबर
जेठ २४, २०७७ शनिबार ४:३७,

कर्णाली प्रदेशका सातजना कोरोना संक्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन्।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन्। पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा.केएन पौडेलले जानकारी दिए।

कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र ६ जना सुर्खेतका छन्।

कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-१ धारापानीका १६ वर्षीय उमेश कठायत, ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा ८ का १७ वर्षीय लक्ष्मण राना, ४ का ३७ वर्षीय धनबहादुर बस्याल, ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन छन्।

एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ। कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना देखिएको छ भने दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .