ad ad

समाज


निसर्ग प्रभाव: देशका अधिकांश स्थानमा लगातार झरी, कहिले खुल्ला मौसम?

निसर्ग प्रभाव: देशका अधिकांश स्थानमा लगातार झरी, कहिले खुल्ला मौसम?

नेपालखबर
जेठ २४, २०७७ शनिबार २:२१,

अहिले (शनिबार बिहान) देशका धेरैजसो स्थानमा लगातार झरी परिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अहिले काठमाडौं उपत्यकालगायत मध्य तथा पूर्वी क्षेत्रमा झरी परिरहेको छ।

प्रदेश २ मा केही कम तथा प्रदेश १, बाग्मती र ४ नम्बर प्रदेशमा अहिले मध्यमसम्म वर्षा भइरहेको उनले जानकारी दिए। यसबाहेक पश्चिमका प्रदेशहरूमा पनि अहिले मौसम बदली तथा केही ठाउँमा हल्का वर्षा भइरहेको छ।

खासगरी अरब सागरबाट विकसित निसर्ग चक्रवातबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा लगातार वर्षा भइरहेको मौसमविद् अर्यालले जानकारी दिए।

‘यसको प्रभाव भोलि (आइतबार) बाट मात्रै केही कम हुने देखिएको छ,’ मौसमविद् अर्यालले शनिबार बिहान नेपालखबरसँग भने, ‘यसअघिको अम्पुन आँधीको भन्दा यस निसर्गको प्रभाव नेपालमा बढी पर्‍याे।’

उनका अनुसार यो न्यून चापीय क्षेत्रमै परिणत भएकाले यसको प्रभाव नेपालमा प्रत्यक्षझैं परेको हो।

काठमाडौं उपत्यकाको मौसम दिउँसो २–३ बजेपछि केही बेर खुल्ने सम्भावना रहे पनि पुनः बदली हुने सम्भावना रहेको उनले जानकारी दिए।

पश्चिमी क्षेत्रमा चाहिँ पश्चिमी वायुकै प्रभावले मौसम बदली भएको र आज त्यतातिर वर्षा हुने क्रम केही कम भएको उनको भनाइ छ।

भारी वर्षासमेत

मौसमविद् अर्यालका अनुसार केही स्थानमा भारी वर्षासमेत भएको छ। शुक्रबार देशको पश्चिमी क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ। शुक्रबार धनगढीमा ७४ मिलिमिटरसम्म वर्षा भएको हो। ५० मिलिमिटरभन्दा माथिलाई भारी वर्षा मानिन्छ।

यसैगरी शुक्रबार विराटनगरमा ४६.३ मिलिमिटर, जनकपुरमा २५ मिलिमिटर, भैरहवामा २० मिलिमिटर तथा काठमाडौं उपत्यकामा १२.८ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .