ad ad

समाज


प्रयोगशालाको क्षमताले नधानेपछि सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन स्थगित

प्रयोगशालाको क्षमताले नधानेपछि सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन स्थगित

नेपालखबर
जेठ २४, २०७७ शनिबार २:१,

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब संकलन स्थगन गरिएको छ।

धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब संकलन कार्य स्थगन गरिएको हो।

पिसीआर प्रयोगशालाको दैनिक परीक्षण गर्ने क्षमता २५० मात्रै छ। परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब संकलन कार्य भइरहेको छ। यसरी नै स्वाब संकलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले पाँच दिनका लागि स्थगन गरिएको हो।

प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब संकलन कार्य शुरु गरिने अवस्थीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .