तर होसमा आउँदा शिशुमा कोरोना भाइरस नदेखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
कोरोनाको संक्रमण भएपछि शिशुलाई रियो दि जेनेरियोस्थित प्रो–कार्डियाको अस्पतालमा भर्ना गरिएको थियो। कोरोना संक्रमण भएकै समयमा शिशु कोमामा गएका थिए।
३२ दिनको अचेत अवस्थापछि बच्चा होसमा आएको र उनी कोरोना मुक्त भएको बताइएको छ।
५४ दिन अस्पताल भर्ना भएका शिशुलाई अचेत भएपछि ३२ दिन भेन्टिलेटरमा राखिएको थियो।
हालै ६ महिनामा प्रवेश गरेका ती शिशुको जन्मदिन मनाइएको छ। शिशुको नाम डोम राखिएको छ।
डोमका पिता वेगनर आन्द्रादेले छोरा कोरोना मुक्त भएकोमा तथा कोमाबाट बच्न सफल भएकोमा खुशी व्यक्त गर्दै यस घटनालाई आफूले चमत्कारको रुपमा लिएको बताएका छन्। एजेन्सी
प्रतिक्रिया