ad ad

समाज


रुकुम घटनाबारे कसैले प्रश्न उठाउन नसक्ने गरी छानविन हुन्छः गृहमन्त्री

रुकुम घटनाबारे कसैले प्रश्न उठाउन नसक्ने गरी छानविन हुन्छः गृहमन्त्री

नेपालखबर
जेठ १८, २०७७ आइतबार ११:४२,

गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन्।

आइतबार गृह मन्त्रालयमा रुकुम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै पुगेका सांसद, दलितअधिकार सम्बन्धी संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाहि गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे।

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थल पुगी छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे।

छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरी काम गर्न सचेत गराईएको समेत टोलीलाई निर्देशन दिइएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा बेपत्ता व्यक्तिको खोजिकार्य जारी रहेको भन्दै गृहमन्त्रीले भने, ‘घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको छ, केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टोली छानबिनका लागि पठाउने कि भन्नेबारे छलफल भईरहेको छ।’

सो क्रममा घटनाका सम्बन्धमा शनिबार बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .