ad ad

समाज


एक युवामा आरडीटी पोजिटिभ देखिएपछि दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द

एक युवामा आरडीटी पोजिटिभ देखिएपछि दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द

नेपालखबर
जेठ १८, २०७७ आइतबार ११:१४,

जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ।

भारतबाट आएर क्वारेन्टिन बसेका र क्वारेन्टिनबाट भागेका ती युवाको स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडीटी गर्दा पोजिटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२२ वर्षीय पुरुष मधुमेहका बिरामी हुन्। उनले अस्पतालमा सत्य कुरा नगरेपछि अहिले कक्ष बन्द गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए।

उनी आफू एक वर्षअघि भारतबाट आएको भन्दै आकस्मिक कक्षमा भर्ना भएका थिए। बुझ्दै जाँदा केही दिनअघि मात्र भारतबाट आएको मात्र नभई क्वारेन्टिनबाट भागेको खुलेपछि उनको आरडीटी गरिएको थियो। रिपोर्ट पोजिटिभ आएपछि इमर्जेन्सी वार्ड सिल गरिएको हो। उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

अहिले अन्य बिरामीको उपचारका लागि छुट्टै आपत्कालीन कक्ष स्थापना गरिएको छ। जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए। भारतबाट आएका व्यक्ति सभ्य तरिकाले क्वारेन्टिनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ।

प्रदेश सरकारले धमाधम मानिस जिल्ला भित्र्याएपछि स्थानीय सरकार र प्रशासनले थाम्न नसक्ने अवस्था देखिएको छ। अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टिनको विकल्प खोजी गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .