ad ad

समाज


बाजुरामा क्वारेन्टिनमै जन्मियो शिशु

बाजुरामा क्वारेन्टिनमै जन्मियो शिशु

नेपालखबर
जेठ १७, २०७७ शनिबार ११:३२,

बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन्।

सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन्।

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए। भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको वडा सदस्य थापाले बताए।

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन्। उनका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ।

तीन दिनकी सुत्केरी पनि क्वारेन्टिनमा

बूढीगंगा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा तीन दिनकी सुत्केरी महिला क्वारेन्टिनमा बसेको पाइएको छ। सोही नगरपालिका अम्कोटकी २० वर्षीया पूजा नेपाली रहेको वडा सदस्य थापाले बताए।

भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उनका श्रीमान्समेत सोही क्वारेन्टिनमा बस्दै आएका छन्। क्वारेन्टिनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताइन्।

उनीहरुको सुरक्षा सामग्री प्रयोग गरी जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .