पाइलटमा कोरोना भाइरसको पुष्टि भएपछि विमान उज्बेकिस्तानको आकाशबाटै भारत फर्किएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
कोरोना परीक्षण गर्दा सुरुमा कुनैपनि पाइलटमा कोरोना भाइरसको पुष्टि भएको थिएन।
तर मस्को उडिसकेको बिमानका एक पाइलटमा पछि कोरोना देखिएपछि भारतीय अधिकारीले विमान भारतमै फर्काउन निर्देशन दिएको थियो।
भारतीय समयअनुसार शनिबार मध्यान्न साढे १२ बजे विमान भारत फर्किएको छ। यसको स्थानमा अर्को विमान मस्को पठाइने छ।
हाल उक्त विमानका चालकदल सदस्य सबैलाई क्वारेन्टिनमा राखिएको छ। एजेन्सी
प्रतिक्रिया