ad ad

समाज


अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो

अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ९:२९,

कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन्।

प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन्। गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकाको श्रम विभागले सो जानकारी दिएको हो। अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्यांकमा २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ।

त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो ।
अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् । पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

यो बेरोजगारहरुको बृद्धिदर सन् १९४८ पछिकै सबैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ। अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन्। गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए।

कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोडभन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ।

यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ।

बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको समााचारमा जनाइएको छ । रासस–एएनआई 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .