ad ad

समाज


म्याग्दीमा पहिलोपटक फेला परे कोरोना संक्रमित

म्याग्दीमा पहिलोपटक फेला परे कोरोना संक्रमित

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार २:२२,

म्याग्दीमा पहिलोपटक एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। मालिका गाउँपालिका-२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए।

‘सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ’, उनले भने, ‘बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।’

कोरोना सङ्क्रमित युवा जेठ ९ गते सुनौलीनाका हुँदै भारतबाट बेनी आएका थिए। उनी र सँगै आएकालाई सिधैँ क्वारेन्टिनमा लगेर राखिएकाले ‘ट्राभल हिस्ट्री’ देखिएको छैन।

उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना सङ्क्रमितसँगै एउटै बसमा आएका थिए। म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ लाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

कोरोना सङ्क्रमण परीक्षणका लागि बिहीबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ को स्वाब सङ्कलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .