ad ad

समाज


ज्वरोबाट ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना देखिएन

ज्वरोबाट ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना देखिएन

नेपालखबर
जेठ १४, २०७७ बुधबार ८:१३,

मंगलबार ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

गत बिहीबार उपचारपछि घर फर्किएकी सप्तरीको कंचनरुप नगरपालिका ११ गोरपारकी २४ वर्षीया ममतादेबी माझीको घरमै ज्यान गएको थियो।

माझीलाई ज्वरो, पखाला र दम जस्ता समस्या देखिएको थियो। उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज लगिएकोमा समान्य उपचारपश्चात् सोहीदिन घर फर्केकी थिइन्। तर, उनको मंगलबार ज्यान गएको थियो।

उनको मृत्युपछि मंगलबार नै स्वाब संकलन गरी धरान पठाइएको थियो। बुधबार उनको रिपोर्ट आएकोमा कोरोना संक्रमण नदेखिएको अस्पताललाई उदृत गर्दै सप्तरीका डीएसपी तिलक भारतीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .