ad ad

समाज


भक्तपुरकी संक्रमित महिला जनप्रतिनिधि

भक्तपुरकी संक्रमित महिला जनप्रतिनिधि

नेपालखबर
जेठ १०, २०७७ शनिबार ३:५५,

भक्तपुर नगरपालिका ९ की कोरोना संक्रमित महिला जनप्रतिनिधि भएको खुलेको छ।

स्थानीय ४२ वर्षीया महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित महिला वडा सदस्य भएको स्थानीयले बताएका छन्।

जनप्रतिनिधि महिलालाई संक्रमण पुष्टि भएपछि शनिबार बिहानै संक्रमितको घर आसपासका क्षेत्र सिल गरिएको छ। ती महिलाको ६ जेठमा स्वाब लिइएको थियो।

संक्रमण पुष्टि भएपछि उनलाई राति नै उपचारका लागि पाटन अस्पताल लगिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन्।

संक्रमितको महिलाको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने काम सुरु गरिएको प्रहरीले जनाएको छ। भक्तपुरमा अहिलेसम्म ४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .