ad ad

समाज


लकडाउनको ६० औं दिनः १ बजेसम्म ४१६ सवारी साधन नियन्त्रणमा

लकडाउनको ६० औं दिनः १ बजेसम्म ४१६ सवारी साधन नियन्त्रणमा

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ८:४१,

महानगरीय ट्राफिक प्रहरी कार्यालयले काठमाडाैं उपत्यकाबाट शुक्रबार दिउँसो १ बजेसम्म ४१६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लंघन गरी सञ्चालनमा आएका ति सवारी साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मध्ये ३८२ वटा दुई पाङ्ग्रे र ३४ वटा चार पाङ्ग्रे साधन छन्।

आज लकडाउनको ६० दिन पुगेको छ। गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन पटक पटक थप गरी यही जेठ १५ सम्म कायम गरिएको छ। लकडाउन लम्बिँदै जाँदा जनजीवन प्रभावित बनेको छ। 

पछिल्लाे समय संक्रमितकाे संख्या बढ्दै जान थालेपछि लकडाउन कडा पारिएकाे छ।

शुक्रबारसम्म देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये तीन जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .