ad ad

समाज


आरडीटी पोजिटिभ देखिएपछि बूढानीलकण्ठका २१ जना क्वारेन्टिनमा

आरडीटी पोजिटिभ देखिएपछि बूढानीलकण्ठका २१ जना क्वारेन्टिनमा

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ८:२७,

बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडीटीमा २१ जनाको कोरोना पोजिटिभ देखिएको छ। नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडिटी गरिएको हो।

आरडिटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टिनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। आरडीटी पोजिटिभ देखिएकामध्ये १५ जना पुरुष र छ महिला छन्। आरडीटी पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ।

आरडीटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि आरटीपीसीआर नै गर्नुपर्ने भएकाले आरडीटी गरी पोजिटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .