ad ad

समाज


रोग नियन्त्रण महाशाखाका डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि

रोग नियन्त्रण महाशाखाका डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि

नेपालखबर
जेठ ७, २०७७ बुधबार ०:४४,

नेपालमा पहिलोपटक उपचारमा संलग्न डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

‘उहाँसँग सम्पर्कमा भएकाहरुलाई पनि अब आइसोलेसनमा राख्छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नेपालखबरसँग भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ती डाक्टर ललितपुरको पाटनमा बस्दै आएका स्रोतले जनाएको छ।

उनी आफैँ कोरोना रेस्पोन्स टिममा संलग्न थिए। राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि उनलाई टेकु अस्पतालकै आइशोलेसनमा राख्ने तयारी गरिएको छ।

उनी कन्ट्याक्ट ट्रेसिङको क्रममा कपिलवस्तु गएका स्रोतले जनाएको छ। कपिलवस्तुमा जाँदा संक्रमण भएको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

यसअघि नेपालमा तीनजना नर्समा पनि संक्रमण देखिएको थियो। धनकुटाको जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया एक नर्सलाई कोरोना देखिए पनि उनका ५ वर्षीय छोरालाई भने कोरोना देखिएको छैन।

त्यसैगरि कपिलवस्तु अस्पताल र चितवनको नारायणी अस्पतालमा कार्यरत दुई नर्समा पनि कोरोना पुष्टि भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .