पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ।
पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ।
प्राप्त विवरण अनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २३० जना, बलोचिस्तानमा २ हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ कस्मिरमा ११५ जना संक्रमित भएका छन्।
स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १२ हजार ४८९ जना डिस्चार्ज भइसकेको बताएका छन्। पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ। रासस–एएनआई
3
Shares
प्रतिक्रिया