ad ad

समाज


कोरोनाबाट अमेरिकामा किन धेरै मानिस मरे? ट्रम्प प्रशासन भन्छ: अमेरिकीहरु रोगी भएकाले

कोरोनाबाट अमेरिकामा किन धेरै मानिस मरे? ट्रम्प प्रशासन भन्छ: अमेरिकीहरु रोगी भएकाले

नेपालखबर
जेठ ५, २०७७ सोमबार १५:११,

विश्वको ४.२५ प्रतिशत जनसंख्या अमेरिकामा बसोबास गर्छ। तर, कोरोना भाइरस महामारीका कारण ज्यान गुमाएकामध्ये झण्डै ३० प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ।

महामारी रोकथाममा भएको यो गम्भीर गल्तीलाई ढाकछोप गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अनेक उपाय लगाइरहेको छ।

ट्रम्प कहिले चीनमाथि दोषारोपण गर्छन् भने कहिले यसअघिको ओबामा प्रशासनमाथि। हालै आएर अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजारले अमेरिकीहरु रोगी भएकाले महामारीमा धेरैको ज्यान गएको दाबी गरेका छन्।

सीएनएनसँगको अन्तर्वार्तामा अजारले दोहोरो रोग हुने अमेरिकीहरुको संख्या ज्यादा भएकाले उनीहरुमाथि जोखिम बढेको दाबी गरे।

त्यस्तै ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारोले भने सरकारको आफ्नै सेन्टर फर डिजिज कन्टो एन्ड प्रिभेन्सन (सीडीसी) माथि दोष थोपरेका छन्।

‘यो संकटको सुरुवातमा सीडीसीले पर्याप्त परीक्षण नगरेर मुलुकलाई नोक्सान पार्‍यो,’ उनले भने।

जसले अमेरिकालाई पछि पारेको उनको दाबी छ।

हालसम्म करिब ९० हजार अमेरिकीको ज्यान गइसकेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले अर्थतन्त्र खुलाउन जोड दिँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .