ad ad

समाज


झापामा थप एकजनामा कोरोना संक्रमण

झापामा थप एकजनामा कोरोना संक्रमण

नेपालखबर
जेठ ५, २०७७ सोमबार १५:०,

झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार मोरङको कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाको कचन कवल गाउँपालिकाको क्वारेन्टिनमा रहेका युवामा कोरोना पुष्टि भएको हो। उनी जेठ २ गते नेपाल प्रवेश गरेको र उनलाई सिधै क्वारेन्टिनमा लगेर राखिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए।

उनलाई कोरोना विशेष अस्पताल मोरङ लैजाने तयारी गरिएको छ। यसअघि प्रदेश १ कै मोरङमा पनि एक जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै सोमबार मात्रै ६३ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .