अफगानिस्तानको काबुलस्थित एक प्रसूती अस्पतालमा तीन जना बन्दुकधारी प्रवेश गरी गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ।
मारिनेमध्ये तीन महिला र एक बच्चा पनि रहेको जनाइएको छ।
अस्पतालबाट ८० महिला र बालबालिकालाई उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ।
आक्रमणकारीमध्ये एक जनाको सुरक्षा कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनले बताए।
आक्रमणकारीहरु प्रहरीको बर्दी लगाएर अस्पतालमा छिरेको बताइएको छ। एजेन्सी एजेन्सी
प्रतिक्रिया