ad ad

राजनीति


महामारीमाथिको राजनीतिले मानिसको जीवनमाथि खेलवाड

महामारीमाथिको राजनीतिले मानिसको जीवनमाथि खेलवाड

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १०:२३,

कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो मतान्तर छ। यस राजनीतिक तिक्तताले आम मानिसको जीवन जोखिममा पारेको छ।

शनिबार मात्र ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ, तर राष्ट्रपति बोल्सोनारोले मुलुकलाई लकडाउनमुक्त गराउने विषयलाई निरन्तर अघि सारेका छन्। उनले ट्वीट गर्दै भनेका छन्, “बेरोजगारीको संख्या निरन्तर बृद्धि हुँदैछ।”

अति दक्षिणपन्थी नेताको छवी बनाएका राष्ट्रपति बोल्सोनारोले “के अराजकता सामुन्ने आइसकेको छ?” भन्ने प्रश्न गर्दै कोरोनाभाइरसलाई “सामान्य किसिमको फ्लु”सँग तुलना गरेका छन्।

कतिपयको तर्क छ, कोरोनाभाइरसले “अराजकता” सिर्जना गरिसकेको छ।

कोरोना भाइरसँग जुध्न घरभित्रै बस्ने विषयमा जारी गरिएको आदेशप्रति पनि राष्ट्रपति बोल्सोनारोले आलोचना गरेका छन्। राष्ट्रपतिको सार्वजनिक रुपमै खुलेर आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री लुईज हेनरिक म्याडेट पदबाट बर्खास्त भएका थिए।

यहीबीच, दक्षिण अमेरिकामै ब्राजिल कोरोना भाइरसको इपिसेन्टरका रुपमा प्रकट भएको छ। यहाँ ११ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने डेढ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्।

विज्ञहरुको भनाईमा न्यून परीक्षणको अर्थ संक्रमितको संख्या अरु बढी हुनु हो। हार्वर्ड विश्वविद्यालयका प्रोफेसर सिड्ने चालहोबले युरोपमा १९औं शताब्दीमा जर्मनीको ह्यामबर्गमा फैलिएको हैजाका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको प्रसँग उल्लेख गर्दै भने, “ब्राजिलमा झैं स्थानीय राजनीतिक नेता र प्रभूत्वशाली आर्थिक सरोकारवालाबीचको विभाजनकै कारण ठूलो संख्यामा मानिसको ज्यान गएको थियो। यस द्वन्द्वले जर्मनीले अन्ततः झन् ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो।”

बोल्सोनारोका समर्थकहरुले हालैका साताहरुमा लकडाउनको विरोधमा शृंखलाबद्ध प्रदर्शन गरिसकेका छन्। कुनै भेलामा त स्वयं राष्ट्रपति उपस्थित भएका छन्, सडकमा उत्रिएका छन्, मानिसहरुसँग हात मिलाउने र कडा भाषणहरु गरेका छन्। यी सभामा सबै व्यक्तिले मास्क समेत लगाउन अस्वीकार गरेका छन्।

यी प्रदर्शनहरुमा कङ्ग्रेस र सर्वोच्च अदालतप्रति तिखा टिप्पणीहरु गरिएका छन्। कतिपय अवस्थामा प्रदर्शनहरु हिंसात्मक हुने गरेका छन्। कतिपय प्रदर्शनकारीले पत्रकार र नर्सहरुमाथि समेत आक्रमण गर्ने गरेका छन्।

हालै मात्र डाटाफोल्हा इस्न्टिच्यूटले गरेको जनमत सर्वेक्षणमा ६७ प्रतिशत ब्राजिलीहरुले भाइरसलाई नियन्त्रणमा ल्याउन घरभित्रै बस्न दिइएको आदेश उपयुक्त रहेको बताएका छन्। मुलुकको अर्थतन्त्रलाई चोट पुगे पनि लकडाउन अनिवार्य रहेको उनीहरुको भनाई छ।

बोल्सोनारोका कतिपय समर्थक पनि यही विश्वासमा छन्।

अर्को जनमत सर्वेक्षणमा बोल्सोनारोका दक्षिणपन्थी समर्थक हौं भन्ने ५६ प्रतिशतले राष्ट्रपतिको कदमप्रति समर्थन जनाएका छन् भने ४० प्रतिशतले राष्ट्रपतिको विरोध गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिले झैं कोरोनाभाइरसको उपचारका लागि क्लोरोक्वीनको प्रयोगलाई बढावा दिएका छन्। तर ब्राजिली बैज्ञानिकहरुले उक्त औषधि कोरोना रोकथाम र उपचारमा खासै उपयोगी नरहेको बताएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .