ad ad

समाज


अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी

अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १०:१०,

जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ।

कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलर आइडी हटाइएको हो।

उनले भने, ‘सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ।’ घरेलु हिंसा, यौन दुव्र्यवहार, लागुऔषध दुव्र्यसनीसँगै विभिन्नखालका ठूला र साना आपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको गुरुङको बुझाइ छ।

कलर आइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पाइएको छ। चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र आपराधिक गतिविधि गरेर लुक्न यहाँ आउने गरेका पाइन्छन्। कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पु¥याएर सर्वसाधारणबाट बढी सूचना लिने अपेक्षा गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .