ad ad

समाज


पर्साका ३९ संक्रमितमध्ये केही पत्रकार पनि

पर्साका ३९ संक्रमितमध्ये केही पत्रकार पनि

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १०:०,

पर्सामा मंगलबार देखिएका ३९ जना नयाँ कोरोना संक्रमितमध्ये केही पत्रकारसमेत रहेको पुष्टि भएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेड डा. मदन उपाध्यायले दुई जना पत्रकारलाई पनि संक्रमण भेटिएको पुष्टि गरे।

‘दुई जना मैले नै चिनेका पत्रकारहरु हुन्, बाँकी कति छन् बुझ्दैछौं,’ उपाध्यायले नेपालखबरसँग भने।

डा. उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको स्वाबमा परीक्षण गर्दा ३९ जना नयाँ संक्रमित भेटिएका हुन्।

‘वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा हामीले दुई दिनमा ६ सय ८० जनाका स्वाब संकलन गरेका थियौँ। त्यो मध्ये ३९ जनामा कोभिड १९ देखिएको हो,’ मेसु उपाध्यायले नेपालखबरसँग भने, ‘केहीलाई संभावनाका आधारमा जाँच गरिएकाे हाे, केही पहिले संक्रमितको सम्पर्कमा पुगेका र केहीले स्वस्फूर्त: रुपमा स्वाब परीक्षण गराउनु भएको थियो।’

वीरगन्ज नगरपालिका १, २, ३ र १६ नम्बर बडाबाट स्वाब संकलन गरिएको थियो।

‘संक्रमण समुदाय स्तरमै पुगेको देखिन्छ। संक्रमितहरुलाई उपचारको व्यवस्थापनको विषयमा छलफल चलिरहेको छ,’ उपाध्यायले भने, ‘अब चुनौति थपिएको छ।’

पर्सामा अहिलेसम्म ६४ जना संक्रमित भेटिएका छन्। तीमध्ये तीन जना निको भएकामा दुई जनामा समस्या देखिएपछि पुन: अस्पताल भर्ना गरिएकाे छ।

कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जनामा म‌ंगलबार कोरोना पुष्टि भएको थियो।

योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .