ad ad

कारोबार


एनआईसी एसिया बैंकको खुद नाफा २ अर्ब ५० करोड

एनआईसी एसिया बैंकको खुद नाफा २ अर्ब ५० करोड

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १०:१३,

एनआईसी एसिया बैंक लिमिटेडले चालू आव २०७६/०७७ को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विश्वव्यापी महामारी कोभिड १९ को कारण सृजित असहज परिस्थितिको बाबजुद बैंकले चालू आवको तेस्रो त्रैमासिकसम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत अर्थात् ३८ करोडले वृद्धि गरी ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत अर्थात् २६ करोड वृद्धिसहित २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको सोही अवधिको खुद मुनाफा २ अर्ब २८ करोड रहेको थियो ।

यस आवको तेस्रो त्रैमासिकसम्ममा कर्जातर्फ २५ अर्बले वृद्धि गरी १ खर्ब ७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी १ खर्ब ९६ अर्ब पु¥याउन बैंक सफल भएको छ। कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एसिया बैंक देशमै अग्रणीमध्ये पर्छ ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधीकरण गर्दै आएको जनाएको छ। बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ। त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्णरूपले पालना गरेको जनाएको छ। विविधीकरणकै रणनीतिअनुरूप बैंकको उच्चतम दश ग्राहकको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधीरणको रणनीतिअनुरूप अघि बढिरहेको छ। बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो। बैंकले चालू आवको ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेपतर्फ १० ग्राहकको अंश ११ प्रतिशत यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेप (सीएएसए)को हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्दछ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छ। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .