ad ad

समाज


कोरोना संक्रमणको आशंकामा १ सय ४३ जना आइसोलेसनमा उपचाररत

कोरोना संक्रमणको आशंकामा १ सय ४३ जना आइसोलेसनमा उपचाररत

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ११:१६,

नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन्।

शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ। बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ।

अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन्। प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन्। अहिलेसम्म पीसीआर विधिबाट १६ हजार ३ सय ९ र आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ।

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा मा ९ हजार १ सय ५ जनाको आरडीटी परीक्षण भएको छ। यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

अहिले देशभरी विभिन्न अस्पतालमा आइसोलेसनमा १ सय ४३ जना उपचाररत रहेका छन्। उपत्यकामा २ र बाहिर १ सय ४१ जना संकास्पद विरामी उपचाररत रहेको उनले बताए। देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .