ad ad

प्रविधि


वैज्ञानिकहरूले खिचे बृहस्पति ग्रहको हालसम्मकै स्पष्ट तस्बिर

वैज्ञानिकहरूले खिचे बृहस्पति ग्रहको हालसम्मकै स्पष्ट तस्बिर

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ११:३८,

वैज्ञानिकहरुले बृहस्पति ग्रहको असाधारण तस्बिर खिचेका छन्।

बृहस्पति सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह हो। नयाँ तस्बिरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ।

यस असाधारण मानिएको आकर्षक तस्बिर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बीबीसीले जनाएको छ।

यो तस्बिरलाई खिच्न वैज्ञानिकहरूले लक्की इमेजिङ भन्ने प्रविधि प्रयोग गरेका थिए। जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्बिर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो।

Jupiter

यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्बिर मात्र निस्किने बताइएको छ।

सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ।

बृहस्पति पृथ्वीभन्दा ११ गुणा चौडा छ र ३०० गुणा ठूलो छ। यसले सूर्य वरिपरि घुम्न १२ पृथ्वी वर्ष लगाउँछ। यहाँको एक दिन १० घण्टा लामो हुन्छ, यसको प्रकार तारा जस्तो छ। यो मुख्यतः हाइड्रोजन र हिलियम ग्यासले बनेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .