कोरोना भाइरसको संक्रमण निरन्तर बढ्न थालेपछि कुवेतमा २० दिनको लकडाउन घोषणा गरिएको छ। लकडाउन आइतबार सुरु हुनेछ।
समाचार एजेन्सी एएनआईका अनुसार कुवेतमा संक्रमण निरन्तर बढ्दै गएको छ। शुक्रबार त्यहाँ ६४१ नयाँ संक्रमित थपिएका छन्।
हालसम्म कोरोनाले कुवेतमा ४७ व्यक्तिको मृत्यु भइसकेको छ।
प्रतिक्रिया