ad ad

समाज


कञ्चनपुरमा दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ

कञ्चनपुरमा दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ

गोकुल जोशी
बैशाख १२, २०७७ शुक्रबार १२:५०,

कञ्चनपुरमा दुई जनाको आरडीटी टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ। भीमदत्त नगरपालिका–७ र १८ का दुई जनामा आरडीटी रिपोर्टले कोरोना पोजेटिभ देखाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

स्रोतका अनुसार एक जना जिमुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान र अर्का भीमदत्त नगरपालिकाका कर्मचारी रहेको खुलेको छ। आरडीटी रिपोर्ट पोजेटिभ आएका दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरभाइजर नारद भट्टले बताए।

‘आरडीटी रिपोर्ट पोजेटिभ देखिए पछि आइसोलेसनमा राखिएको छ, उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ’ उनले भने। आरडीटी परीक्षणमा शरीरमा एन्टीबडी रहे/नरहेको जाँचिन्छ। आरडीटीमा पोजेटिभ देखिए पनि पीसीआरमा कोरोना भाइरस नेगेटिभ देखिन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .