ad ad

कारोबार


फ्युजमेसिन्स इंकद्वारा फ्युज क्लासरुम सुरु

फ्युजमेसिन्स इंकद्वारा फ्युज क्लासरुम सुरु

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १२:५८,

कोभिड–१९ का कारण संसारभर विद्यार्थी र शिक्षक घरमै सीमित रहेका बेला फ्युजमेसिन्स इंक नामक संस्थाले फ्युज क्लासरुम सुरु गरेको छ।

‘एक वर्षभन्दा अगाडीदेखि हामीले विद्यार्थीहरूका निम्ति उपयोगी अनलाइन सिकाइ अनुभव गर्न सक्ने र कक्षाकोठाभन्दा बाहिर पनि स्कुलका प्रमुख क्रियाकलापलाई अगाडी बढाउन सकिने किसिमको शैक्षिक प्ल्याटफर्म निर्माणको काम थालेका हौं,’ सो संस्थाका संस्थापक तथा सीईओ समीर मास्केले बताए। ‘कोभिड–१९ को संक्रमणपछि हाम्रो निर्धारित कार्यतालिकाभन्दा पहिल्यै स्कुलहरूलाई आवश्यक परेको यो सहयोगका लागि फ्युज क्लासरुम थालनी गर्ने निर्णय गरेका छौं।’

फ्युज क्लासरुमले शैक्षिक संस्थाहरूलाई अत्याधुनिक प्रबिधिको युगमा डिजिटल अग्रणीका रुपमा स्थापित गर्न मद्दत गर्ने उनले बताएका छन्।

‘मेसिन्स्ले विद्यार्थीको वैयक्तिक सिकाई र परामर्शसहित सिकाइ अनुभवमा सुधार ल्याउने हामीलाई विश्वास छ,’ उनले भनेका छन्। ‘यसले हामीलाई निश्चितरुपमा उत्साहित तुल्याएको छ।’

फ्युज क्लासरुम विद्यार्थीलाई ध्यानमा राखेर र अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेनससँग मिलाएर तयार पारिएको सो संस्थाले जनाएको छ। ‘एआई, मोबाइल र वेब एप्लिकेसन प्रविधिले सहजै स्कुललाई एआई युगमा प्रवेश गराउँदै यो प्ल्याटफर्मले विद्यार्थीलाई रचनात्मक अनलाइन सिकाइ अनुभव दिनेछ,’ सो संस्थाले भनेको छ। ‘यसमा प्रगति अनुगमन, प्रश्नको जवाफ र पाठ्ययक्रममा विद्यार्थीलाई आवश्यक सहयोग दिनसक्ने गरी एआई विशेषताहरू समावेश गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .