उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको पाइएको छ।
उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना भारतीयले मंसिर २५ गते नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएको उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले नेपालखबरलाई बताए।
‘१२ जनाको सो समुहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएको छ’, एसपी बुढामगरले भने, ‘उनीहरुले फागुन २५ गते उदयपुर प्रवेश गरेको बताएका छन्।’
उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए। उनीहरु शिवाई र भुल्केका मस्जिदमा सहभागी भएको प्रहरीले जनाएको छ।
संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ।
१२ भारतीय र ४ नेपालीलाई प्रहरीको निगरानीमा राखिएको छ। अब उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिने एसपी बुढा मगरले बताए।
तीन दिन पहिले प्रदेश नम्बर १ सरकारले १६ जनाकै स्वाब संकलन गर्न टोली खटाएको थियो।
बिराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट शंकास्पद आएको भन्दै प्रदेशले शुक्रबार बिहान स्वाब काठमाडौं पठाएको थियो।
टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १६ मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो। तर, रिपोर्ट आएकामध्ये कतिजना भारतीय र कतिजना नेपाली भन्ने प्रस्ट भइसकेको छैन।
यो पनिः
एकै दिन १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो
Shares
प्रतिक्रिया