ad ad

समाज


कोरोना संक्रमण बढ्दै गएपछि भारतका ठूला सहर ‘रेड जोनमा’

कोरोना संक्रमण बढ्दै गएपछि भारतका ठूला सहर ‘रेड जोनमा’

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ०:४३,

भारतका सबै ठूला सहर कोरोना महामारीको ‘रेड जोन’ मा परेका छन्।

भारत सरकारले राजधानी नयाँ दिल्ली, आर्थिक राजधानी मुम्बई, कलकत्तासहित छ वटा ठूला सहरलाई कोरोना भाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरेको हो।

सरकारले निर्देशिका जारी गर्दै मुख्य शहरहरुलाई रेड जोनमा बर्गिकरण गरेको छ। ती शहरमा कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ। भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका खबर भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू रेड जोनमा परेका छन्।

भारतमा कोरोना संक्रमण बढ्दै गएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ४ सय ४८ जनाको मृत्यु भइसकेको छ।

संक्रमितको संख्या १३ हजार नाघेको छ। बिहीबार मात्रै भारतमा १ हजार ६० जना नयाँ संक्रमित थपिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .