ad ad

छापा खबर


कोरोना संक्रमणबाट जोगिन ६ फिटको दूरी कति सुरक्षित?

कोरोना संक्रमणबाट जोगिन ६ फिटको दूरी कति सुरक्षित?

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ०:१८,

कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्नबाट जोगिन चिकित्सकहरुले कम्तिमा ६ फिटको दूरी कायम राख्न सल्लाह दिएका छन्।

हावाको माध्यमबाट सर्ने यस्ता भाइरसबाट जोगिन ६ फिटको दूरी आवश्यक भएको बैज्ञानिकहरुले पनि स्वीकारेका छन्।

तर, वैज्ञानिकहरुले दूरी कति कायम राख्ने भन्ने विषयमा कुनै निष्कर्ष निकालिसकेका भने छैनन्। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कोरोना भाइरसको सन्दर्भमा कुनै यकिन तथ्य नभएकाले छोटो दूरीमा संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन जरुरी भएको उनीहरु बताउँछन्।

संक्रमितबाट हावाको माध्यमले बाहिर निस्कने भाइरस ६ फिटभन्दा पर जान सक्दैन भन्ने कुनै ग्यारेन्टी नहुने वैज्ञानिकहरुले बताएका छन्।

यसर्थ, यस दूरीलाई मात्र पूर्ण सुरक्षित मान्न नसकिने उनीहरुको तर्क छ।

प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा संक्रमण छिटो हुने भएकाले झनै सजग हुन आवश्यक छ।

संक्रमितले सास फेर्दा, बोल्दा, खोक्दा वा हाच्छ्युँ गर्दा मुखबाट निस्कने एरोसोल, ड्रपलेट्सले कोरोना भाइरस सार्ने सम्भावना अत्यधिक हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .