ad ad

समाज


कोरोना परीक्षणः हेटौंडामा देखियो विदेशबाट आएका चार जनामा एन्टिबडी पोजिटिभ

कोरोना परीक्षणः हेटौंडामा देखियो विदेशबाट आएका चार जनामा एन्टिबडी पोजिटिभ

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १३:५८,

हेटौंडामा विदेशबाट आएका चार जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ आएको छ।

मकवानपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायका अनुसार हेटौंडा-४ वासुदेव सभागृहमा गरिएको र्‍यापिड टेस्ट गरिएका ४० मध्ये तीन पुरुष र एक महिलाको नतिजा पोजिटिभ आएको हो।

भारत गएर फर्किएका हेटौंडा-२ का ६७ वर्षीय वृद्ध, भारतकै बैंग्रबाट फर्किएका हेटौंडा-५ का २४ वर्षीय युवक, साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक र भारत बिहार घर भई हाल हेटौंडा-४ आफन्तकहाँ आएकी ५५ वर्षीय महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो।

पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रकाे प्रयोगशालामा पठाउने तयारी भइरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .