ad ad

समाज


प्रदेश २ मा ६५९ को र्‍यापिड र ४५८ को स्वाब परीक्षण

प्रदेश २ मा ६५९ को र्‍यापिड र ४५८ को स्वाब परीक्षण

शैलेन्द्र महतो
बैशाख ४, २०७७ बिहिबार १३:२६,

प्रदेश २ मा ५ सय ३५ जनाको स्वाब संकलन गरिएको छ। जसमध्ये बिहीबारसम्म ४ सय ५८ जनाको स्वाब परीक्षण भएको छ। स्वाब परीक्षणमा अहिलेसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीवार दिउँसोसम्म चार सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

पर्साको वीरगंजमा ३ र रौतहटमा एक गरी चारजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यस्तै, बिहीबारसम्म प्रदेशको आठवटै जिल्लामा ६ सय ५९ जनाको किट मार्फत र्‍यापिड परिक्षण गरिएको छ। जसमध्ये सप्तरीका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपनि पिसिआर प्रविधिबाट गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका सचिव घिमिरेले बताए।

आठवटै जिल्लाको विभिन्न क्वारेन्टाइनमा ११ सय ३७ जना छन् भने चिकित्सकको सल्लाह अनुसार १५ सय २५ जनालाई होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .