ad ad

समाज


कोरोना अपडेट : मृतकको संख्या १ लाख १४ हजार नाघ्यो, अमेरिकामा मृत्यु सबैभन्दा धेरै

कोरोना अपडेट : मृतकको संख्या १ लाख १४ हजार नाघ्यो, अमेरिकामा मृत्यु सबैभन्दा धेरै

नेपालखबर
बैशाख १, २०७७ सोमबार ०:३६,

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट गएको २४ घन्टामा ५३ सय ९६ जनाले गुमाएका छन्।

यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख १४ हजार १ सय ७५ पुगेको छ।

गएको २४ घन्टामा विश्वभर ७१ हजार ७ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। वल्र्डओमिटरका अनुसार संक्रमितको संख्या १८ लाख ५१ हजार ५ सय ७८ पुगेको छ। यो सोमबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

संक्रमितमध्ये अहिलेसम्म ४ लाख २२ हजार ८ सय ८९ जना उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा १५ सय २४ जनाको ज्यान गएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार र संक्रमितको संख्या ५ लाख ६० हजार नाघेको छ।

त्यहाँ हिजो एकै दिन २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसको संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै मृत्यु र संक्रमण अमेरिकामा भएको छ।

 अमेरिकापछि गएको २४ घन्टामा युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ ७ सय ३७ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ मृतकको संख्या १० हजार ६ सय १२ पुगेको छ।

त्यसैगरी स्पेनमा ६०३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ हजार नाघेको छ।

फ्रान्समा आइतबार ५६१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या १४ हजार ३ सय ९३ र संक्रमितको संख्या १ लाख ३२ हजार ५९१ पुगेको छ।

त्यसैगरी इटालीमा आइतबार ४ सय ३१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ५६ हजार नाघेको छ भने मृतकको संख्या १९ हजार ८ सय ९९ पुगेको छ।

त्यसैगरी आइतबार बेल्जियममा २५४, जर्मनीमा १५१, इरानमा ११७, टर्कीमा ९७, नेदरल्यान्डसमा ९४, स्वीटजरल्यान्डमा ७०, ब्राजिलमा ८३, क्यानाडामा ६४, फिलिपिन्समा ५०, इन्डोनेसियामा ४६, मेक्सिकोमा ४० जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा आइतबार एकै दिन कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ। अर्को छिमेकी देश चीनमा भने आइतबार कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .