ad ad

राजनीति


प्रधानमन्त्री ओलीले अत्यन्त दुःखी हुँदै यसरी दिए नयाँ वर्ष २०७७ को शुभकामना

प्रधानमन्त्री ओलीले अत्यन्त दुःखी हुँदै यसरी दिए नयाँ वर्ष २०७७ को शुभकामना

नेपालखबर
बैशाख १, २०७७ सोमबार १:२,

आज नयाँ वर्ष २०७७ साल सुरु भएको छ। अन्तर्राष्ट्रिय नयाँ वर्षसमेत मनाउने गरेका नेपालीले आफ्नै नयाँ वर्ष त झन् अझ उत्साहसाथ मनाउने गर्छन्। नयाँ-नयाँ ठाउँ घुमेर रमाइलो गर्छन्।

तर यसपटक विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणले गर्दा स्थिति फरक भएको छ। अर्थात् नयाँ वर्षमा जुन हर्ष हुनुपर्थ्याे, त्यो हुन पाएन। संक्रमण नफैलियोस् भनेर विश्वसँगै नेपालले पनि वैशाख ३ गतेसम्मका लागि लकडाउन गरेकाले यतिबेला सबै नेपाली घरघरमै थन्किनपुरेको छ।

यही स्थिति विचार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अत्यन्त दुःखी भएर नयाँ वर्ष २०७७ सालको शुभकामना दिएका छन्।

उनले ट्विट गर्दै यसरी शुभकामना दिएका छन्, ‘पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो। तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं। म यहाँहरू सबैमा नयाँ वर्ष नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .