ad ad

समाज


नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

नेपालखबर
चैत ३०, २०७६ आइतबार २:३६,

नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।

बागमती प्रदेशकाे राजधानी हेटौंडाकाे प्रयाेगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएकाे प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन्।

उनका अनुसार वीरगन्जबाट ल्याइएका तीन बिरामीकाे नमुना (स्वाब) हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रकाे प्रयाेगशालामा जाँच गर्दा पोजिटिभ पाइएकाे थियाे। 

‘तर थप प्रस्टताका लागि नमुना पुन: काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो, त्यहाँ पनि कोरोना पोजिटिभ नै देखिएपछि पुष्टि भयो,’ ती मन्त्रीले आइतबार बिहान नेपालखबरसँग भने।

‘हामीले प्रदेशबाट सार्वजनिक गर्ने तयारी गरेका थियौं,’ ती मन्त्रीले थपे, ‘केन्द्र सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक गर्छौ भनेपछि शनिबार रोकिएकाे हाे।’

स्वास्थ्य मन्त्रालयले घटना सार्वजनिक गरेपछि यसबारे विस्तृत विवरण आउने अपेक्षा गरिएकाे छ।

यद्यपि पर्सा जिल्ला प्रशासन स्राेतले बताएअनुसार ती तीनै जना भारतीय नागरिक हुन्। जसलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका बेला नारायणी अस्पताल लगेर आइसोलेसन वार्डमा राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .