ad ad

समाज


भिडियो सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री मोदीले लगाए मास्क

भिडियो सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री मोदीले लगाए मास्क

नेपालखबर
चैत २९, २०७६ शनिबार १०:३७,

शनिबार मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मोदीले मास्क लगाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

मोदीले कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

PM Narendra Modi, CMs wear mask during meeting on coronavirus ...

उनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका थिए।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए।

मोदीले लकडाउन बढाउने कि अन्त्य गर्ने भन्ने विषयमा पनि मुख्यमन्त्रीको सुझाव लिएका थिए। सो क्रममा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन अप्रिल ३० अर्थात १६ दिन बढाउन सुझाव दिएको बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .