ad ad

समाज


प्रदेश २ मा ११९ जनाकाे कोरोना परीक्षण नेगेटिभ, १३५ जना प्रतीक्षामा

प्रदेश २ मा ११९ जनाकाे कोरोना परीक्षण नेगेटिभ, १३५ जना प्रतीक्षामा

शैलेन्द्र महतो
चैत २८, २०७६ शुक्रबार १२:५८,

प्रदेश २ मा हालसम्म ११९ जना कोरोना शंकास्पद बिरामीको स्वाब टेस्ट गरिएको छ। जसमा अहिलेसम्म कोरोना पोजेटिभ रिपोर्ट कसैको नआएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन्।

बिहीबारसम्म प्रदेश २ को आठ जिल्लाका २५४ जना शंकास्पद बिरामीको स्वाब संकलन गरिएको छ। जसमध्ये १३५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

यस्तै आठवटै जिल्लामा ९९० जना क्वारेन्टिन र १ हजार ३९८ जना चिकित्सकको सल्लाह अनुसार होम क्वारेन्टिनमा छन्। सचिव घिमिरेका अनुसार प्रदेश भरिमा ७ जना आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .