ad ad

समाज


दूतावास भन्छः बहराइनमा कोरोनाबाट २२ नेपाली संक्रमित

दूतावास भन्छः बहराइनमा कोरोनाबाट २२ नेपाली संक्रमित

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १०:३२,

नेपालीको रोजगार गन्तव्य बहराइनमा तीन हप्ता अवधिमा २२ नेपाली कोरोना भाइरस (कोभिड—१९)संक्रमित भएका छन्।

बहराइन राजधानी मानमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक एउटै शिविरमा रहेका १० नेपाली कोरोनाबाट संक्रमित भएका हुन्।

‘सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी कामदारलाइ संक्रण देखिएपछि त्यहाँ रहेका सबै ४०० लाई क्वोरेन्टिनमा राखिएको थियो’, दूतावासले जारी गरेको कोरोना अपडेटमा भनिएको छ, ‘ती मध्ये १० नेपालीमा संक्रमण पुष्टि भएको हो।’

यसअघि सोही शिविरमा ९ जना नेपालीलाई संक्रमण भएको थियो। सुरुमा कोरोना संक्रमित भएका ३ नेपाली भने अरु नै ठाउँका हुन्। तीन हप्ता अगाडि कोरोना संक्रमणमा परेका नेपालीको अवस्था के छ? उनीहरु कहाँ छन् भन्नेबारे दूतावासले केही खुलाएको छैन।

बहराइनमा कोरोनाबाट शुक्रबारसम्म ५ जनाले ज्यान गुमाएका छन्, ८५५ संक्रमित छन्।

नेपाली दूतावासका अनुसार बराइनमा बिना कागजात रहेका कामदारलाई त्यहाँको सरकारले वैधानिक हुन वा बहराइन छोड्न २०२० डिसेम्बर ३१ सम्मको समय दिएको छ।

दूतावसको कोरोना अपडेट: baharain update

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .