सैनिक अस्पतालमा अगामी १० दिनभित्र २० शय्याको आईसीयू तयार हुने भएको छ।
सो अस्पतालमा अन्य एक सय बेड भने तयारी अवस्थामा रहेको पाइएको छ।
कोरोना क्राइसेस म्यानेजमेन्ट कमिटीले बुधबार गरेको अनुगमनका क्रममा ८० बेडको आइसोलेसन र २० बेडको हाई केयर युनिट भने तयार भइसकेको पाइएको हो।
सेनाले कोरोना संक्रमितको उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा तयारी गरिरहेको छ।
यस्तै सशस्त्र प्रहरी बल अस्पतालमा पनि २० बेडको आईसीयू मध्ये ६ वटा तयार भइसकेको र १४ वटा निर्माणको क्रममा रहेको सीसीएमसीले जनाएको छ। सशस्त्र प्रहरी अस्पतालमा ६० बेडको आइसोलेसन र ६० वटा क्वारेन्टिन तयार हुने क्रममा रहेको बताइएको छ।
सरकारले कोरोना संक्रमणका संभावितलाई हाल टेकु र पाटन अस्पतालमा राख्दै आएको छ। बिरामी थपिँदै गए सशस्त्र प्रहरी अस्पताल र वीरेन्द्र सैनीक अस्पतालमा पनि राख्ने तयारी भइरहेको छ।
प्रतिक्रिया