बजारमा खाना पकाउने ग्यासको अभाव भए पछि आधा सिलिण्डर मात्रै बजारमा आउन थालेकोमा उद्योगीले पुनः भरी सिलिण्डर बजारमा ल्याउने तयारी गरेका छन्।
ग्यास अभाव हटे पछि पुनः भरी सिलिण्डर ग्यास भर्न उद्योगीलाई नेपाल आयल निगमले निर्देशन दिएको छ। निगमको आज बसेको सञ्चालक समिति बैठकले भोलि (चैत २७) देखि भरी सिलिण्डर भर्न उद्योगीलाई निर्देशन दिएको हो।
भरी सिलिण्डर ग्यास भने चेत ३० गतेदेखि मात्रै बजारमा आउने छ। आधा सिलिण्डर ग्यास मौज्दात रहेकोले त्यो सकिएपछि मात्रै वितरकलाई दिन निगमले उद्योगीलाई भनेको छ।
प्रतिक्रिया