वीर र पाटन अस्पतालमा गरी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको शंका गरिएका तीन जनालाई त्यस्तो संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
वीर अस्पतालमा मृत्यु भएका २ जना र पाटन अस्पतालमा मृत्यु भएका १ जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ अर्थात् कोरोना भाइरस नभएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार बिहान नेपालखबरलाई जानकारी दिए।
‘वीरमा मृत्यु भएका २ जना र पाटनमा मृत्यु भएका १ व्यक्तिलाई कतै कोरोना पो थियो कि भन्ने जुन शंका थियो, त्यो निवारण भएको छ,’ प्रवक्ता देवकोटाले भने, ‘उनीहरूको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।’
उनीहरू तीनै जनाको रिपोर्ट मंगलबारै आएको उनले जानकारी दिए।
3
Shares
प्रतिक्रिया