कोरोना भाइरस संक्रमणको त्राससँगै गत बुधबारदेखि २१ दिनसम्म सरकारले लकडाउन गरेको छ। यसबीचमा गाडी चलेको छैन।
मानिसहरु २ देखि ५ दिनको बाटो हिँडेर विभिन्न राज्यस्थित आफ्नो घर फर्किरहेका छन्।
यसबीचमा उत्तर प्रदेशमा घर फर्किएका मजदुरहरुमाथि कोरोना भाइरसविरुद्धको औषधि छर्किएको छ।
बस स्यानिटाइज गर्ने औषधि मजदुरमाथि छर्किएको हो। उत्तर प्रदेशको बरेली शहरमा मजदुरहरुको समूहमाथि औषधि छर्किएपछि विवाद निम्तिएको छ।
बरेली शहरका प्रशासनले मजदुरहरुबाट भाइरसको संक्रमण खतरा भएकाले भाइरस मार्ने औषधि उनीहरुमाथि छर्किएको जनाएका छन्।
सार्वजनिक भएको भिडियोमा औषधि छर्कने मानिसले मजदुरहरुलाई आँखा र मुख बन्द गर्न भनेका सुन्न सकिन्छ।
— Kanwardeep singh (@KanwardeepsTOI) March 30, 2020Who r u trying to kill, Corona or humans? Migrant labourers and their families were forced to take bath in chemical solution upon their entry in Bareilly. @Uppolice@bareillytraffic @Benarasiyaa @shaileshNBT pic.twitter.com/JVGSvGqONm
उक्त भिडियो सार्वजनिक भएसँगै मानव अधिकारकर्मीहरुले यस घटना निकै अमानविय भएको प्रतिक्रिया जनाएका छन्।
चर्को आलोचनापछि उक्त घटनामा छानबिन भइरहेको बताइएको छ। ५ हजार मानिसलाई औषधि छर्किएको थियो।
शरीरमा पसेको भाइरसलाई मानिसको बाहिरी शरीरमा औषधि हालेर त्यो रोकथाम नहुने विश्व स्वास्थ्य संगठनले बताएको छ।
हालसम्म भारतमा १२ सय ५१ कोरोना संक्रमित छन्। त्यहाँ ३२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
प्रतिक्रिया