ad ad

समाज


काठमाडौंमा बिहानै पक्राउ परे लकडाउन उल्लंघन गर्ने ६१७ जना

काठमाडौंमा बिहानै पक्राउ परे लकडाउन उल्लंघन गर्ने ६१७ जना

नेपालखबर
चैत १६, २०७६ आइतबार २:३६,

काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने ६ सय १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान साढे ७ बजेसम्ममा लकडाउन उल्लंघन गर्दै सडकमा निस्किने ५ सय १२ पुरूष र १ सय ५ महिलालाई पक्राउ गरिएकाे हो।

त्यस क्रममा एउटा गाडी र १ सय २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच आजदेखि प्रहरीले पक्राउ परेकालाई प्रहरी कार्यालय नलैजाने भएको छ।

पक्राउ परेकाहरूलाई पक्राउ गरिएकै ठाउँमा २ घण्टा राखेर छाडिने महनगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले लकडाउन उल्लंघन गर्नेविरूद्ध यस्तो नीति लिएको हो।

‘पक्राउ गरेर लैजाँदा पक्राउ पर्ने र प्रहरी दुवै जोखिममा पर्ने भएकाले सामुदायिक स्थलमै होल्ड गर्ने नीति लिएका हौं,’ आइतबार बिहान डीआईजी पोखरेलले नेपालखबरसँग भने, ‘उल्लंघन गरे भोलिका दिनमा थप कडाइ गर्छौं।’

विश्वमै भयावह बनिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले पनि यही चैत ११ गते बिहान ६ बजेदेखि १८ गते ६ बजेसम्मका लागि पूरै देश लकडाउन अर्थात् बन्द गराएको हाे।

यस अवधिमा घरभित्रै बसेर कोरोना महामारी रोकथाममा सहयोेग मद्दत पुर्‍याउन सबै नागरिकलाई सरकारले आग्रह गरिरहेको छ।

नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सुरुका एक जना स्वस्थ भइसकेका छन् भने चार जनाको उपचार जारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .