नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ।
केही बेरअघि (शनिबार अपराह्न) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार फेरि अर्का एक जनामा संक्रमण देखिएको हो।
शनिबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा प्रकाशन गरेको तथ्यांकः
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५ पुगेको हो। यसअघि ४ जनामा कोरोना भाइरस भेटिसकिएको छ। जसमध्ये सुरुका एक संक्रमित पुरुष उपचारपछि स्वस्थ भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबारसम्म संक्रमितसमेत गरेर ८७५ जनाको नमुना परीक्षण भइसकेको छ।
तीमध्ये ५ जनामा संक्रमण भेटिएको हो।
पछिल्लोपटक अर्थात् शनिबार सार्वजनिक कोरोना संक्रमित युवती हुन्। उनकाे घर बागलुङ हाे।
स्वास्थ्य मन्त्रालयले शनिबार गराएकाे जानकारीअनुसार उनी बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी थिइन्।
यसअघि शुक्रबार कैलालीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे।
प्रतिक्रिया