ad ad

समाज


उपचारपछि एक लाख ३७ हजार कोरोना संक्रमित पूर्ण स्वस्थ

उपचारपछि एक लाख ३७ हजार कोरोना संक्रमित पूर्ण स्वस्थ

नेपालखबर
चैत १५, २०७६ शनिबार ११:३०,

शनिबारसम्म कोरोनाबाट बिरामी हुनेको संख्या ६ लाख १३ हजार ८८२ पुगेको छ। यस्तै यस भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार २१३ पुगेको छ।

हालसम्म १ सय ९० भन्दा बढी मुलुकमा कोरोना भाइरस फैलिएको छ। यद्यपी कोरोनाको उपचारपछि स्वस्थ हुनेको संख्या पनि उल्लेखनीय छ।

शनिबारसम्मको तथ्यांकअनुसार १ लाख ३७ हजार २४७ कोरोना संक्रमित उपचारपछि स्वस्थ बनेका छन्।

स्वस्थ भएकाहरु घर फर्किसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

हालसम्म चीनमा ७४ हजार ९७१ जना उपचारपछि स्वस्थ भएका छन्। स्पेनमा १२ हजार २८५ उपचारपछि स्वस्थ भएका छन् भने इरानमा ११ जार ६७९ स्वस्थ भएका छन्।

यस्तै इटलीमा १० हजार ९५० स्वस्थ बन्दा जर्मनीमा ६ हजार ६५८ जना र अमेरिकामा २५ सय २५ उपचारपछि स्वस्थ भएका छन्। अन्य मुलुकहरुमा पनि उपचारपछि कोरोना संक्रमित निको भइरहेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पाँच मुलुक

१। अमेरिकाः १ लाख ४२ हजार ५६ संक्रमित, १७ सय ४ को मृत्यु

२। इटलीः ८६ हजार ४९८ संक्रमित, ९ हजार १३४ को मृत्यु

३। चीनः ८१ हजार ३९४ संक्रमित, ३२ सय ९५ को मृत्यु

४। स्पेनः ७२ हजार २४८ संक्रमित, ५ हजार ६९० को मृत्यु

५। जर्मनीः ५३ हजार ३४० संक्रमित, ३९५ को मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .