विदेशमा रहेका नेपाली श्रमिकको उद्दार गर्न र कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा वैदेशिक रोजगार व्यवसायीहरुले दुई कराड रुपैयाँ दिने भएका छन्।
दुवै कोषमा एक एक करोड रुपैयाँ दिने निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए।
वैदेशिक रोजगार व्यवसायीहरुले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको ब्याजबाट आउने रकमबाट सहयोग गर्ने श्रेष्ठले बताए।
प्रतिक्रिया