ad ad

समाज


काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५४ जना पक्राउ

काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५४ जना पक्राउ

नेपालखबर
चैत १२, २०७६ बुधबार ६:१,

काठमाडौंबाट कन्टेनरमा लुकेर गएका ५४ जना वीरगन्जमा पक्राउ परेका छन्।

उनीहरुलाई बुधबार बिहान साढे एक बजे वीरगन्जको घण्टाघरबाट पक्राउ गरिएको पर्साकी प्रहरी प्रमुख (एसपी) गंगा पन्तले जानकारी दिइन्।

पक्राउ परेका सबैको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ। स्वास्थ्य परीक्षणपछि स्वास्थ्य अवस्था ठिक भएकालाई होम क्वारेन्टिनमा बस्ने गरी छाड्ने र चालकलाई कारबाही गर्ने प्रहरीको तयारी छ।

पक्राउ परेका सबै पर्सा कै भएको प्रहरीले जनाएको छ।

सरकारले मंगलबारबाट एक हप्ताका लागि लकडाउन गरेपछि आवातजावत बन्द छ। यात्रुवाहक सवारीलाइृ पुर्ण प्रतिबन्ध लगाइएपछि उनीहरु कन्टेनरमा लुकेर त्यहाँ पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .