ad ad

कारोबार


बैंकहरुलाई संघले भन्यो : एटीएम बुथमा पर्याप्त पैसा राख्नू

बैंकहरुलाई संघले भन्यो : एटीएम बुथमा पर्याप्त पैसा राख्नू

नेपालखबर
चैत १२, २०७६ बुधबार ५:५८,

नेपाल बैंकर्स संघले आफ्नो एटीएम बुधमा पूर्ण रुपले पैसा राखिदिन आफ्ना सदस्य बैंकहरुलाई आग्रह गरेको छ। एटीएम बुथ नभएको बैंक शाखालाई भने दैनिक रुपमा नै सञ्चालन गर्न समेत संघले आग्रह गरेको छ।

अहिले देशै ठप्प छ। यस समयमा पैसा अभाव हुन नदिन र सर्वसाधारणसको दिनचर्यामा सहज बनाउन एटीएम बुथ नभएको बैंकहरुलाई दैनिक ११ बजेदेखि १ बजेसम्म खुल्ला राख्न संघले भनेको छ।

बैंकको एटीएममा २० देखि २५ लाखसम्म राख्न सकिने व्यवस्था छ। उक्त बराबरको रकम राख्न संघले सदस्य बैंकहरुलाई अनुरोध गरेको हो।

त्यस्तै मोबाइल बैंकिङ सेवा र इन्टरनेट बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेर काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ। जुनसुकै बैंकको पनि प्रधान कार्यालय भने सञ्चालन गर्न भनिएको छ।

नगदबाहेकका अन्य आकस्मिक सेवाका लागि बैंकको मुख्य कार्यालय वा तोकिएको शाखाबाट सेवा उपलब्ध गराउन भनेको हो। प्रतीतपत्र (एलसी), ग्यारेन्टी, ट्रेजरीजस्ता सेवा मुख्य कार्यालयबाट प्रदान गर्न नेपाल राष्ट्र बैंकले समेत सर्कुलर जारी गरी निर्देशन दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .